युरोपियन'इन्भेष्टमेन्ट बैंकका उपाध्यक्ष'चार दिने भ्रमणमा आज नेपाल आउँदै 

समाज मंसिर ३ २०७५ ekhabarnepal
0 8968888888888888

काठमाडौं । युरोपियन इन्भेष्टमेन्ट बैंक(ईआईबी)का उपाध्यक्ष एन्ड्रिउ म्याकडोनाल्ड नेपालको चार दिने भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् । युरोपेली संघ(ईयू)को काठमाडौंस्थित कार्यालयबाट सोमबार जारी वक्तव्यमा जनाइए अनुसार म्याकडोनाल्डले बैंकको  दक्षिण एशिया मामिला र विश्वव्यापी उर्जा गतिविधिको विषय हेर्ने गर्दछन् । उनको साथमा बैंकको उच्चस्तरीय प्रतिनिधिमण्डल समेत सामेल हुनेछ ।
 
उनले नेपाल आउने बेलामा दिएको वक्तव्यमा नेपालले पुनर्नविकरणीय उर्जा क्षेत्रको लगानीबाट नेपालको ग्रामीण भेगमा कसरी फाइदा पुर्याउन सकिन्छ भन्ने देखाएको जनाउँदै आगामी दिनमा नेपालमा बैंकको सहभागितालाई कसरी सबल बनाउने भन्ने बारेमा छलफल हुने जनाएका छन् । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, कुटनीतिज्ञ तथा व्यापारिक समुदायसँगसमेत भेट्ने बताइएको छ । उनी नेपालपछि बैंकको लगानीका बारेमा छलफल गर्न भारत जानेछन् । 

 

प्राप्त प्रतिकृयाहरू

To Top