राष्ट्रिय परिचय पत्र आजबाट वितरण सुरु

समाज मंसिर ३ २०७५ ekhabarnepal
1500685751sample national 19112018095530 600x0


काठमाडौं मंसिर ३
 लामो समयको तयारी र विवादलाई छिचोल्दै अन्तत: संघीय सरकारले आजबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गर्दैछ । पहिलो चरणमा आज पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रम गरेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गर्न लागेको गृहमन्त्रालयले जनाएको छ । १ सय २ वर्षिया भगवतीदेवी भण्डारीलाई परिचय पत्र वितरण गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । 
गृहमन्त्री थापालेसमेत भण्डारीबाट परिचय पत्र लिनु हुनेछ ।  पाँचथरका ५२ हजार सर्वसाधारण सहित सिंहदरबारमा कार्यरत ३ हजार ५ सय कर्मचारीको विवरण परिचय पत्रका लागि संकलन भइसकेको सरकारले जनाएको छ । 
जसमध्ये २ हजार ९ सय जनाको राष्ट्रिय परिचय पत्र सदरमुकाम फिदिम आइपुगेको र उद्घाटनका समारोहमा ५० जनालाई वितरण गर्ने तयारी भइरहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले पहिलो चरणमा वितरण गर्ने परिचय पत्रका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।  

प्राप्त प्रतिकृयाहरू

To Top