सैनामैनामा फोहोर ब्यवस्थापन गर्न सम्झौता 

समाज मंसिर २ २०७५ ekhabarnepal
44


टिका खरेल 
सैनामैना, मंसिर २

सैनामैना नगर भित्रका घर तथा बजार क्षेत्रबाट निस्कने फोहोर मैला  ब्यवस्थापन गर्न सैनामैना नगरपालिकाले निजि कम्पनिसंग सम्झौता गरेको छ । 
सार्वजनिक नीजि साझेदारी ९एएए० अवधारणामा आधारित रहेर सैनामैना नगरपालिकाको सम्पूर्ण वडाहरुको फोहोरमैला संकलन तथा व्यवस्थापन गर्न  सैनामैनानगर कार्यपालिकाको कार्यालय र वातावरणीय सुन्दर नेपाल प्रा.लि. ्बीच वि.स. २०७५ मंसिर १ गते देखि वि.स. २०८० कात्र्तिक मसान्त सम्म को लागि सम्झौता भएको हो । 
नगर भित्रको फोहोर मैला ब्यवस्थापन गर्न यस भन्दा अगाडी परिक्षणको रुपमा गरिएकोमा अब भने स्थाई रुपमा योजना बनाई फोहोर मैला ब्यवस्थापन गर्न लागिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । नगर सुन्दर सफा र हराभरा युतm बनाउन फोहोर मैला ब्वस्थापन गर्न अति आवश्यक भएकोले केही समयको परिक्षण पश्चात स्थाइ रुपमा फोहोर मैला ब्यवस्थापन शुरु गरिएको हो मेयर कार्की बताउनु हुन्छ । 
सैनामैना नगरपालिकाले सम्पूर्ण नगरवासीहरुमा आ–आफ्नो घर, पसल, व्यापारिक क्षेत्रबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने स्रोतमा अनिवार्य रुपमा वर्गीकरण गरी फोहोरमैला संकलन गर्न आउने सावारी साधनलाई दिनुहुन सबैमा अनुरोध समेत गरेको छ । 
दैनिक रुपमा निस्कने फोहोर घरघरैमै गई संकलन गरी ल्याण्डफिल्ड साईडमा बिर्सजन गर्ने गरी पाच बर्षको लागी सम्झौता गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्र भण्डारीले बताउनु भएको छ । नगर सफा र सुन्दर बनाउनी दायित्व सबैको भएकोले यस कार्यमा सबैको सहयोगको खाचो रहेको समेत भण्डारीले बताउनु भएको छ ।
 फोहोर मैला ब्यवस्थापन गर्दा लाग्ने खर्चको केही प्रतिशत रकम भने नगरबासीले तिर्नुपर्ने छ । फोहोरमैला संकलन तथा व्यवस्थापन वापत लाग्ने नँया दररेट मिति २०७५ मंसिर १ गते देखि लागू हुने समेत नगरपालिकाले जनाएको छ ।
फोहोर मैला ब्यवस्थापन गर्न सैनामैना नगरपालिकाले टोल बिकास संस्था मार्फत फोहोर संकलन गर्ने ५हजार २ सय थान बाल्टी नगर भित्रका घरपरिवारलाई निशुल्क बितरण गरेको थियो । 
                                         
 
 

प्राप्त प्रतिकृयाहरू

To Top