इन्दिरा अर्याललाई महिला सिर्जनशील अन्तर्राष्ट्रिय पुरस्कार 

समाज मंसिर २ २०७५ ekhabarnepal
Aryal uemm8tnivd


 बुटवल,मंसिर २
रूपन्देहीकी पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् ।

विगत २ दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत अर्यालले ग्रामीण महिलाको जीवनस्तर उकास्न सञ्चार क्षेत्रबाट कलम चलाएर भूमिका खेलेको भन्दै उक्त डब्लूडब्लूएसएफ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । महिला जागरण सहयोग समूहले आइतबार बुटवलमा एक कार्यक्रम गरी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

अर्यालय सामुदायिक रेडियो लुम्बिनी र देवदह माविमा कार्यरत छिन् । पुरस्कार प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदान गरे । उक्त पुरस्कार राशी १ लाख १४ हजार (१ हजार अमेरिकी डलर) रूपैयाँ छ । यो पुरस्कार सन् १९९५ देखि स्वीस सरकारले दिँदै आएको छ । 

पाल्पाको ग्रामीण क्षेत्रमा २०३४ सालमा जन्मिएकी अर्याल बुटवलमा रहेर विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत छिन् । यो पुरस्कार हालसम्म अर्यालसहित पाँच जनाले मात्र प्राप्त गरेका छन् ।

देवदहकी पार्वती परियार र फर्साटिकरकी यमुना चापागाईको गरेको मेहनेत सम्बन्धी कामको लेख लेखेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री बरालले सकारात्मक सोचलाई अंगालेर अगाडि बढन सकेमा सफलता प्राप्त गर्न सकिने बताए । 

उनले पछिल्लो समय समाजमा नकारात्मक विम्बहरूको प्रयोगमा आएको भन्दै त्यसले सफलता प्राप्त गर्न नसकिने बताए । कार्यक्रममा परिवर्तनका लागि कार्यरत महिला समूह (वाच)का कार्यकारी निर्देशक डा. नारायणकाजी श्रेष्ठले ग्रामीण क्षेत्रमा महिलाहरु समस्यामा रहेको भन्दै तिनीहरुको समस्याहरु बाहिर ल्याउन जरूरी भएको बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top