जेसीजको साताव्यापी कार्यक्रम सपन्न : निशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभाम्बित

समाज मंसिर २ २०७५ ekhabarnepal
980598698 health

नवलपरासी मंसिर २, 
 नवलपरासीको रजहर जेसीजले आफनो साताव्यापी कार्यक्रम सपन्न गरेको छ ।
जेसीजले साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन लेडिज स्लो स्कुटी रेस , दोस्रो दिन सरसफाइ , तेस्रो दिन उद्घोषण तालिम चौथो दिन वृद्धवृद्धालाई न्यानो कपडा बितरण , पाचौं दिन ट्राफिक नियम सचेतना ,छैठौं दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता र सातौं दिन निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

रजहर जेसीजले गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरबाट २ सयभन्दा बढीले स्वास्थ्य उपचार प्ँँएको रजहर जेसीजका अध्यक्ष चित्रधव्ज जिसिले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख आथितीमा रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाल गर्नु भएको थियो ।स्वास्थ्य शिविरमा नशा रोग ,मानसिसक स्वास्थ्य, जनरल चेकअप हाडजोर्नी रोग सम्बन्धि स्वास्थ्य सेवाका साथै निशुल्क औषधीको समेत बितरण गरिएको थियो ।कलेज अफ मेडिकल साईन्सेसका न्युरोसर्जन डाक्टर जो एम दास, फिजीसियन डाक्टर मनोज मिश्र, फिजीसियन डाक्टर ज्योतीप्रकाश शाह, एच ए राकेश बस्नेत,स्टाफ नर्स रश्मि सापकोटाले स्वास्थ्य सेवा दिनुभएको थियो। 

प्राप्त प्रतिकृयाहरू

To Top