नासा: २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराइनेछ  

विश्व मंसिर २ २०७५ ekhabarnepal
Download 790586

एजेन्सी मंसिर २,
आउँदो २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराउने अमेरिकन अन्तरिक्ष नासाले बताएको छ । मंगल ग्रहमा मानव अवतरण गराउन अहिले मेडिकल र प्रविधिको कारण कठिनाई आएको नासाले बताएको छ।

रेडियसन, दृश्यमा समस्या र हड्डी बिग्रने जस्ता समस्या मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीमा देखिएको नासा अधिकारीहरुको भनाइ छ । यस्ता समस्या समाधान गरेर त्यहाँ मानव अवतरण गराउन २५ वर्ष लाग्ने नासाका पूर्व अन्तरिक्षयात्री टोम जोनले बताएका छन् । सन् २००१ मा अवकास लिएका उनले पहिला चार पटक अन्तरिक्षको यात्रा गरिसकेका छन ।

अहिलेको प्रविधिबाट अन्तरिक्ष यात्रीलाई मंगल ग्रहमा पुग्न ९ महिना लाग्ने बताइको छ । शून्य गुरुत्व भएका कारण मंगल ग्रहमा उत्रिन निकै समय लाग्ने र कठिन हुनेछ । लामो समयसम्म शून्य गुरुत्वमा तौलविहीन भएर बस्दा आँखाको रेटिनामा समस्या आउने बताइएको छ ।विस्तारै अस्थिपञ्जरबाट क्याल्सियम सकिँदैै जाने र हड्डी कमजोर हुँदै जान्छ । रक्त कोषिकाहरुमा पनि समस्या आउनेछ । रेटिनामा समस्या आएका कारण देख्न सक्ने क्षमता कमजोर हुँदै जानेउनको भनाई छ ।

नासाका अनुसार मंगल ग्रह जाँदा त्यस्तो समस्याबाट जोगिन कम समयमा मंगल ग्रहमा पुग्नु नै उपयुक्त हुने बताइएको छ । तर त्यस्तो समस्याको समाधान अहिलेसम्म भएको छैन् । नासाका अनुसार हानिकारक विकिरणहरुले मानव शरीरमा असर पुर्याउने भएका कारण त्यहाँ पुग्ने अन्तरिक्षयात्री पनि सुरक्षित हुँदैनन् ।सन् २०२० मा नासाले त्यहाँ अर्को यान पठाउने तयारी गरेको छ जसले त्यहाँको वातावरण, त्यहाँ जीव रहे–नरहेको संकेत र भविष्यमा मानवको उत्पत्तिबारे अध्ययन गर्ने बताइएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top