'देशभर चिसो बढ्दै' 

समाज मंसिर २ २०७५ ekhabarnepal
Chisoo

काठमाडौं मंसिर २,
देशभर तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । आइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम पौने ९ बजेपछि ६ डिग्रीमा झरेको थियो ।

अहिले काठमाडौं उपत्यकाको मौसम सफा छ । बिहान केही ठाउमा हल्का कुहिरो लागेपनि अहिले भने उपत्यकाका धेरैजसो ठाउमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावले पश्चिमका केही जिल्लामा हल्का पानी पर्नसक्ने र हिमाली जिल्लामा हिमपात हुनसक्ने सम्भावना रहेको मौमसविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव पूर्वतिर पनि सरेकाले दिउ“सो काठमाडौं उपत्यकामा पनि आंशिक बदली हुने छ । 

प्राप्त प्रतिकृयाहरू

To Top