रियो छमछमी–४ को बुटवल अडिसन भोलि र पर्सि हुँदै

मनोरञ्जन कार्तिक ३० २०७५ ekhabarnepal
Btl adition of chamchami seasion 4

काठमाडौं । नेपाल टेलिभिजनद्धारा निर्माण मेगा नृत्य सो ‘रियो छमछमी–४’को पूर्वाञ्चल अडिसनको छायांकन सम्पन्नभएसँगै पश्चिमाञ्चलको छायांकन बुटवलबाट शुरुहुने भएको छ । बुटवल मसिंर १ र २, धनगढी मसिंर ४ र ५, सुर्खेत मसिंर ७ र ८ र कोहलपुर  १० र ११ गते अडिसन को छायांकन हुन लागेको हो । 

नेपाल टेलिभिजनले २०६६ बाट निर्माण गर्न थालिएको मेगा रियल्टी सो रियो छमछमीको चौथो संस्करणको अडिशन चलिरहेको छ । प्रतियोगिताका विजेताहरु मध्ये प्रथम हुने प्रतिष्पर्धीलाई अल्टो के टेन कार, दोस्रो पुरुस्कार ५ लाख बराबरको एलजीको सामानहरु, तेस्रो पुरस्कार ३ लाख बराबर एलजीको सामान र ७ जनालाई १ लाख बराबरको उपहार  प्राप्त गर्नेछन् । 

प्रत्येक शनिबार राति ८ः५० बजे  नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रममा नृत्य निर्देशक महेश गोदार, अभिनेत्री मिथिला शर्मा र नायिका सञ्चिता लुईटेल निर्णायक रहेका छन् । प्रतियोगिताको दोस्रो चरण मेगा राउण्डको अडिसन नेपाल टेलिभिजनको केन्द्रीय कार्यलय सिंहदरबारमा हुनेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top