नेपाल बैंक लिमिटेडले '८२ औँ वार्षिकोत्सव' मनाउँदै  

अर्थ कार्तिक ३० २०७५ ekhabarnepal
Nlb erere

काठमाडौं कार्तिक ३०,
 नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदैछ ।

१९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ । अहिले १५ लाख नागरिकलाई नियमित सेवा दिइरहेको नेपाल बैंकका १ सय ४६ वटा शाखा र ८१ वटा एटीएम रहेको बैंकले जनाएको छ । सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत शेयर रहेको बैकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ ।   

प्राप्त प्रतिकृयाहरू

To Top