सडक निर्माणमा सम्लग्न प्राबिधिकको रोलरले च्यापेर मृत्यु

समाज कार्तिक २९ २०७५ ekhabarnepal
1471603893rolar 560x420


बुटवल, कार्तिक २९  ।

ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल सडकको निर्माणमा सम्लग्न एक प्राबिधिकको रोलरको ठक्करबाट  मृत्यु भएको छ ।
आयोजनाका ठेकेदार कम्पनी टेलिकम ईण्डीया लिमिटेडमा सुपरभाईजर पदमा कार्यरत पाल्पाका प्रबिण पाण्डेको मणिग्राम नजिकै सडकमा लगाई रहेको रोलरले किचेर साझ सवा ६ बजेतिर मृत्यु भएको हो ।
बेलवास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा सुपरभाईजर पदमा कार्यरत पाण्डे करिव २ महिना अघि ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवलमा आएको आयोजनाका ईन्जिनीयर महेश्वर लम्सालले जानकारी दिनुभयो ।
सांझको बेला रोलर अगाडी पुगेका पाण्डेलाई चालकले नदेखेका कारण दुर्घटना भएको हुन सक्ने लम्सालले बताउनु भयो  ।

प्राप्त प्रतिकृयाहरू

To Top