लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय त्रिपिटकमा कोष भयो वेखवर 

समाज कार्तिक २९ २०७५ ekhabarnepal
 104340824 lumbini


बुटवल, कार्तिक २९
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बुधवारदेखि पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु हुँदा लुम्विनी विकास कोष वेखवर छ । लुम्विनीमै वौद्य विश्वविद्यालय छ जहाँ त्रिपिटकको पढाई हुन्छ । सरोकारवाला सस्था भएकोले यी दुवै सस्थाहरुको सहभागिताले कार्यक्रमको गरिमालाई वढाउनेनै थियो तर, दुवै सस्थालाई आमन्त्रणसमेत गएिको छैन । अखिल नेपाल भिक्षु महासंघले आयोजना गरेको कार्यक्रमलाई अपारदर्शी वनाइनुलाई आश्चर्यको विषय मानिएको छ । 
 बौद्धधर्मको मूल ग्रन्थ मानिने त्रिपिटकलाई सो धर्मको इतिहासको प्रमुख स्रोत पनि मानिने भएकोले यसको वाचनलाई महत्वपूर्ण मानिन्छ । त्रिपिटक गौतम बुद्धले विभिन्न ठाउँमा दिएको मानिने उपदेश तथा प्रवचनहरूको संगालो हो । सो संगालो लिपिबद्ध नहुँदासम्म उनका अनुयायीहरूले जुन शैलीमा एक अर्कालाई सुनाउँथे सोही शैलीमा अहिलेको वाचन अभ्यास भइरहेकोे छ ।
लुम्विनीमा त्रिपिटक वाचन हुनु आफैमा महत्वपूर्ण विषय त हो तर, आयोजनामा किन यति कन्जुस्याई गरियो भन्ने कुराले थाइहरुलाई पनि आश्चर्यमा पारेको वतान्छ । थाई मोनाष्ट्री यो कार्यक्रमको महत्वपूर्ण सहयोगी हो ।
यसको मूल कारण आर्थिक चलखेल हो भन्ने बुझाई कतिपयको छ । यसको नाममा प्रसस्त चन्दा उठाइएकोले सवै पक्षलाई सहभागि गराउँदा पारदर्शी हुनुपर्ने भएकोलेनै यस्तो रवैया अपनाइएको हुन सक्ने अनुमान लगाइएको छ । 
यतिमात्र हैन कार्यक्रम गरिएको स्थान पवित्र उद्यान क्षेत्र भएकोले सो स्थानमा नगर्नका लागि पुरातत्व विभागले भनेको थियो । तैपनि त्यस कुरालाई पनि अटेर गरियो । लुम्विनीलाई केही ब्यक्तिहरुले नीजि रुपमा प्रयोग गरेजस्तो वनाउनु आफैमा दुर्भग्यपूर्ण हो । यस्ता काममा सरकारी निकायको सहभागिता गराउन सकेमात्र त्यसवाट मुलुकलाई लाभ हुन सक्ने सम्भावना हुन्छ ।    
तीन दिन सम्म चल्ने कार्यक्रममा विभिन्न १८ राष्ट्रका करिब पाँच सय भिक्षु भिक्षुणी तथा आनीहरुको सहभागिता  छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top