लुम्बिनी बौद्ध  विश्वविद्यालय र स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय बीच सम्झौता

समाज कार्तिक २९ २०७५ ekhabarnepal
Img 7134 %281%29


बुटवल,कार्तिक २९

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालय,मेरठबीच द्धिपक्षीय सम्झौता भएको छ। दुई विश्वविद्यालयबीच विभिन्न शैक्षिक कार्यक्रममा सहयोग आदानप्रदान गर्ने उद्धेश्यका साथ सम्झौता भएको हो।

स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका उपकुलपति एन के अहुजा र लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यवाहक उपकुलपति र रजिष्ट्रार तिलक राम आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। कार्यवाहक उपकुलपति आचार्यले विश्वका थुप्रै विश्वविद्यालयसंग द्धिपक्षीय सम्झौता भएको र स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयसँग भएको सम्झौताले लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक वातावरणका साथै अध्ययन, अनुसन्धानमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

वहाँले भन्नुभयो, ‘सम्झौतापछि दुई विश्वविद्यालयका विद्यार्थी एक्सचेन्ज कार्यक्रमका साथै संयुक्त रुपमा अनुसन्धान र विभिन्न अध्ययन गोष्ठी, सेमिनार आयोजना हुन्छ, यसले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय समुदायमा पनि एक्सपोजर हुन मदत पुग्छ।’ वहाँले स्वामी विवेकानन्द सुभार्ति विश्वविद्यालयका संगको सम्झौताले आफूहरु मात्र नभएर नेपालको बौद्ध अध्ययन  शिक्षालाई पनि गुणस्तरीय बनाउने दावी गर्नुभयो।

प्राप्त प्रतिकृयाहरू

To Top