लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु

समाज कार्तिक २८ २०७५ ekhabarnepal
Tripitak 14112018102852 600x0


 काठमाडौं, कार्तिक २८
 बुद्धको जन्मस्थल लुम्बिनीमा तीनदिने अन्तराष्ट्रिय त्रिपिटक पाठ सुरु भएको छ । विश्व शान्ति र भाइचाराको भावना जगाउन पहिलो पटक पाठ गरिएको हो । 
लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा कात्तिक २८ देखि ३० गते सम्म तीनदिन कार्यक्रम गरिनेछ ।
 नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त आयोजना गरेको भएको पाठमा बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा त्रिपिटक पाठ हुँदै आएको छ । नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक/एक घण्टा पाठ गर्दैछन् ।   

प्राप्त प्रतिकृयाहरू

To Top