नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता 

खेल कार्तिक २७ २०७५ ekhabarnepal
Nepal women football00000000

काठमाडौं । म्यानमारमा जारी महिला फुटबलको ओलम्पिक छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ । याङगोनस्थित थुगुना रंगशालामा कप्तान निरु थापाले १६औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको हो । 

बंगलादेशविरुद्धको खेलमा जित हासिल गरे नेपाली टोली दोस्रो चरणलाई छानिने सम्भावना बलियो हुन्छ भने सुरुका दुवै खेलमा पराजय भोगेको बंगलादेश छनोटबाट बाहिरिइसकेको छ । बंगलादेश भारतसँग ७–१ र म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको थियो । नेपालले बलिया प्रतिद्वन्दी मानिएका म्यानमार र भारतसँग १–१ को बराबरी खेलेको थियो ।


समूह ‘सी’ मा म्यानमार र भारत समान चार अंकका साथ शीर्ष दुई स्थानमा छन् । दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली दोस्रो चरणलाई सोझै छानिन्छन भने तेस्रो हुने टोलीको पनि अगाडि बढ्ने सम्भावना रहन्छ । पहिलो चरणको छनोटअन्तर्गत सबै चार समूहका शीर्ष दुई टोली सोझै अघिल्लो चरणलाई छानिन्छन् भने तेस्रो हुने मध्येका दुई उत्कृष्ट 

प्राप्त प्रतिकृयाहरू

To Top