गृहयुद्ध मारिए ६१ लडाकू, दर्जनौ घाइते

विश्व कार्तिक २५ २०७५ ekhabarnepal
09889hgh

होडेडा, यमन कात्तिक २५,

गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् ।फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन् । घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ ।

मारिनेमा ४३ जना हुथी विद्रोही र नौ जना उनीहरुका समर्थक रहेका छन् । अन्य नौ जना समर्थकको भने होडेडाको दक्षिणमा पर्ने मोखामा रहेको एउटा सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ।
घाइते दर्जनौं विद्रोहीहरुलाई साना र इब प्रान्तका अस्पतालहरुमा स्थानान्तरण गरिएको होडेडास्थित सैनिक अस्पतालले जनाएको छ ।

रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

To Top