टोकियो ओलम्पिक खेल:आज नेपाल म्यानमारसंग खेल्दै

खेल कार्तिक २५ २०७५ ekhabarnepal
23256 jujyt

एजेन्सी कात्तिक २५,
 टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसंग खेल्दैछ ।

पहिलो खेलमा भारतसंग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो ।म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाली समय अनुसार आज साझ सवा ५ बजे खेल सुरु हुनेछ । म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो ।म्यानमार यो समूहबाट अघिल्लो चरण प्रवेशका लागि दाबेदार टोली हो । आजै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन् । अंक तालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top