आत्मघाती 'गोल उपहार सहित नेपोलीको जित'

खेल कार्तिक २५ २०७५ ekhabarnepal
888hghghdy666666666666666

मिलान । सफल पुनरागमनमा शनिबार राति जिनुवामा २–१ को जित हालिस गर्दै नेपोलीले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमाथिको पकड कायम राखेको छ । 
क्रिस्टियन कौआमेको गोलमा जिनुवाले घरेलु मैदानमा २०औं मिनेटमा अग्रता लिएको थियो । तर ६२औं मिनेटमा फाबियन रुइजले नेपोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । जहाँ समय सकिन चार मिनेट बाँकी रहँदा डेविड बिरास्चीले आत्मघाती गोल उपहार दिएपछि घरेलु टोली अंक बाँड्ने अवसरबाट विमुख भयो ।
 
जितपछि नेपोली १२ खेलमा २८ अंक जोड्दै तेस्रो स्थानको इन्टर मिलानलाई तीन अंकले पछि छोड्दै दोस्रो स्थानमा कायम रहन सफल भयो । एक खेल कम खेलेको इन्टरले आज आइतबार एट्लान्टाको भ्रमण गर्दैछ । 
यसैगरी फ्रोसिनोने र फियोरेन्टिनाले १–१ को बराबरी नतिजा निकाल्दा पार्माले टोरिनोलाई २–१ को अन्तरमा हरायो । त्यस्तै शनिबारै इटालियन सिरी ‘ए’ मा सम्पन्न अर्को खेलमा एसपिएएल र काग्लियारीले २–२ को बराबरी नतिजा निकाले । 
११ खेलमा २१ अंक जोडेको शीर्ष टोली युभेन्ट्सले अग्रता फराकिलो पार्ने उद्देश्यसहित आज राति एसी मिलानविरुद्धको खेलका लागि सान सिएरोको भ्रमण गर्दैछ । यसैगरी आज आइतबार अन्य खेलमा किइभो भेरोनाले बोलोग्नालाई आतिथ्य पदान गर्दा एएस रोमाले साम्पडोरिया तथा इम्पोलीले युडिनेसीलाई निम्त्याउने छन् ।   

प्राप्त प्रतिकृयाहरू

To Top