‘बेइजिङ’लाई‘बेगिङ’लेखेकै कारण 'गुम्यो टेलिभिजन प्रमुख खानको जागिर'  

विश्व कार्तिक २१ २०७५ ekhabarnepal
25623256

 कातिक २१,
 पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन (पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ ।
समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ  BEIJING को सट्टा बेगिङ  BEGGING  लेखेकाले उनलाई पदबाट हटाइएको हो ।

इमरान खान सोमबार देखि चीनको पाँच दिने औपचारिक भ्रमणमा रहेका छन् । पाँच नोभेम्बरमा चीनको राजधानी बेइजिङमा भएको एक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा अंग्रेजीमा ‘बेइजिङ’ लेख्नुपर्नेमा ‘बेगिङ’ अर्थात भिख माग्नु हुन गएको थियो । २० सेकेण्डसम्म ‘बेगिङ’ टेलिभिजन स्क्रीनमा देखिएको थियो । पछि गल्ती महसुस गर्दै च्यानलले त्यो शब्द टेलिभिजनबाट हटाएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top