वामपन्थी नेता 'सूर्यबहादुर मास्केको निधन'

समाज कार्तिक २१ २०७५ ekhabarnepal
0000000000000

चितवन । जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उनको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । 

विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । 

२०१६ सालबाट उहाँ चितवनमा बसाइँ सरेर आएका थिए ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए । लामो समयसम्म उनी पार्टीको सल्लाहकारको रुपमा रहँदै आएका थिए । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पुर्याएका थिए । 

जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष भएका थिए । चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ । स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उनी फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताए । रासस 

प्राप्त प्रतिकृयाहरू

To Top