नेपाली मुलका ह्यारीले अमेरिकामा चुनाव जिते

राजनीति कार्तिक २१ २०७५ ekhabarnepal
1531354061harrry


कात्तिक २१
   
नेपाली मुलका एचबी ह्यारी भण्डारीले अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा जीत हात पारेका छन्। यो जीतसँगै अमेरिकाको ठूलो पदमा पुग्ने पहिलो नेपालीको रूपमा ह्यारी उभिएका छन्।

प्रतिनिधि सदस्यका लागि तीन जना निर्वाचित हुने प्रावधान रहेको चुनावमा उनले मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ८’ बाट दोस्रो स्थानमा आफूलाई विजयीका रूपमा उभ्याउन सफल भए। उनले बीस हजारभन्दा बढी मत ल्याएका छन्।

गत जुन महिनामा सम्पन्न प्रारम्भिक चरणको चुनावमा पनि उनी दोस्रो भएका थिए। त्यही जीतले नै उनलाई यो स्थानमा ल्याइपुर्‍याएको हो। सन् २०१४ पहिलोपटक उम्मेदवार बनेका उनले त्यतिबेला भने पराजय भोग्नुपरेको थियो।

उनी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। गत जुनमा उनी डेमोक्र्याटिक पार्टीको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित भएका थिए।

पर्वतमा जन्मिएका भण्डारी पेशाले शिक्षक हुन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top