नेपाल राष्ट्र बैंकद्धारा आज ३ अर्ब ४७ करोड ट्रेजरी बिल जारी   

अर्थ कार्तिक २० २०७५ ekhabarnepal
000

काठमाडौं कात्तिक २०,
  नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाको ट्रेजरी बिल आज जारी गर्ने भएको छ ।

ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्याह्न २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैया“ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैया“को ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

९१ दिने ट्रेजरी बिल आगामी माघ २२ गते परिपक्व हुनेछ भने ३ सय ६५ दिने ट्रेजरी २०७६ कात्तिक १९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि गत १३ गतेमात्रै राष्ट्र बैंकले ४ अर्ब रुपैया“को ट्रेजरी बिल जारी गरेको थियो । ९१ दिन अवधिको लागि २ अर्ब रुपैया“को र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैया“को गरी ४ अर्ब रुपैया“को ट्रेजरी विल गत १३ गते राष्ट्र बैंकले जारी गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top