ठूलीभेरीमा जीप दुर्घटना, १० को मृत्यु 

समाज कार्तिक १९ २०७५ ekhabarnepal


डोल्पा,कात्तिक १९
 डोल्पाको दुनैबाट सोतानेतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । 

भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडक खण्डबाट भेरी नदिमा खस्दा १० जनाको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम कुमार सुवेदीले  जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते रहेका दुई जनालाई डोल्पा सदरमुकाम दुनै लगिएको सुवेदीले जानकारी दिए  । 

जीपमा १०/१२ सवार रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 
 
 

प्राप्त प्रतिकृयाहरू

To Top