नागढुंगा–धुलिखेल मेट्रोरेलको डीपीआरलाइ चार कम्पनीको प्रस्ताव

समाज कार्तिक १९ २०७५ ekhabarnepal
1541387780

कार्तिक १९
लगानी बोर्डले निर्माण गर्न लागेको काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि चार कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गरेका छन् । 
लगानी बोर्डले निर्माण गर्न लागेको काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि चार कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गरेका छन् । गत जेठमा परामर्शदाता छनोटका लागि बोर्डले आशयपत्र आह्वान गरेकोमा २१ कम्पनीले आवेदन दिएकोमा त्यसमध्ये छनोट गरिएका ६ मध्ये चार कम्पनीले विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका हुन् ।
 बोर्डका अनुसार चाइना रेलवे सिचुवान सर्भे एण्ड डिजाइन गु्रप लिमिटेड, चाइना-जेभी अफ ईआरएमसी प्रालि र युसिन इन्जिनियरिङ कर्पोरेसन-जेभी पाडेको कोरियन र युपसेल प्रोजे युलुसिरारासी एएस टर्की जेभी एएआरभीई एशोसियट आर्किटेक्ट इन्जिनियरिङ एवं कन्सल्ट्यान्टले अध्ययनका लागि आर्थिक तथा प्रस्ताव पेश गरेका हुन् ।
 लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लले चार कम्पनीले आर्थिक तथा प्राविधिक प्रस्ताव दिएको र तिहारपछिदेखि छनोटको लागि प्रक्रिया अघि बढ्ने बताए । “तिहारपछि यसको मुल्यांकन प्रक्रिया अघि बढ्छ, एक महिनाभित्र एउटा कम्पनी छनोट हुन्छ,” उनले भने, “छनोट भएपछि १५ महिनाभित्र विस्तृत अध्ययन सम्पन्न गर्नुपर्नेछ ।”छनोट परामर्शदाता कम्पनीले नागढुंगादेखि धुलिखेलसम्म पुग्ने कम्तीमा तीन रुट, यसको आर्थिक, वित्तीय र वातावरणीय पक्ष, विपद् प्रतिरोधी प्रणाली, परियोजनाको पीपीपी वा सरकार एक्लैले बनाउँदाको प्रारूप, उच्च क्षमताको एमआरटी वा हल्का क्षमताको एलआरटी प्रणाली, विस्तृत ट्राफिक सर्भे र आयोजना बनाउँदाको अवस्थामा न्यून परिपूर्ति कोष (भीजीएफ) बारे विस्तृत अध्ययनमा समेट्ने बोर्डले जनाएको छ । 
३७ किलोमिटर लामो नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेल चार वर्षभत्र पूरा गर्ने लक्ष्य राखिएको बोर्डका यातायात क्षेत्रका परामर्शदाता आशिष गजुरेलले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

To Top