बेलहिया नाकाबाट ६० हजार किलो काजु आयात

अर्थ कार्तिक १९ २०७५ ekhabarnepal
Images

 

 
भैरहवा,कार्तिक १९
चालू आर्थिक वर्षको साढे तीन महिनामा भैरहवा नाका हुँदै ६० हजार ६ सय ५४ किलो काजु (प्रशोधित तथा तयारी) नेपाल भित्रिएको छ । 
भैरहवा (बेलहिया) नाका हुँदै भाइमसलाका रूपमा प्रयोग हुने अन्य सामग्रीको आयात अघिल्लो वर्षको तुलनामा घटे पनि काजुको आयात भने अत्यधिक बढेको छ । चालू वर्षको साढे तीन महिनामा ६० हजार ६ सय ५४ किलो काजु आयात भएको छ ।
 गत आर्थिक वर्षको सोही अवधिमा भने (साउनदेखि कात्तिकसम्म) १५ हजार ४ सय ३४ किलो मात्र आयात भएको थियो । 
त्यस्तै किसमिस, ओखर, बदाम (आल्मोन्ड), पिस्ता लगायतका वस्तुको आयात भने गत आर्थिक वर्षको तीन महिनाको तुलनामा घटेको छ ।
दसैं, तिहारजस्ता चाडपर्वमा अत्यधिक प्रयोग हुने काजु तिहारमा भाइमसलाको मुख्य वस्तुको रूपमा लिने गरिन्छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साढे तीन महिनामा किसमिस ६६ हजार २ सय ९१ किलो आयात भएको छ । गत वर्षको सोही अवधिमा भने १ लाख २४ हजार ८ सय ७५ किलो आयात भएको थियो । त्यस्तै गरी बदाम (अल्मोन्ड) ९ हजार २ सय २ केजी मात्रै आयात भएको छ । अघिल्लो वर्षको कात्तिकसम्म २० हजार ५ सय ९८ केजी आयात भएको थियो । 
त्यस्तै गतवर्ष १ लाख ५४ हजार २ सय ६३ केजी ओखर (घाँजी) आयात भएकोमा यो वर्ष जम्मा ६ हजार १ सय ३७ केजी मात्रै आयात भएको छ । पिस्ताको आयात भने सबैभन्दा बढी घटेको छ । अघिल्लो वर्ष २३ हजार ६ सय ७२ किलो पिस्ता आयात भएकोमा यो वर्षको कात्तिक १६ गतेसम्म जम्मा २ सय २ किलोमात्र आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यो आर्थिक वर्षको साढे तीन महिनामा काजु, किसमिस, आल्मोन्ड (बदाम), ओखर, पिस्ता मात्रै करिब १० करोड मूल्यको आयात भएको ।

काजु स्वास्थ्यका लागि लाभदायक 

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि ।

काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

१. काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ ।

२. यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ ।

३. यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।

४. काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।

५.त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।

६. काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

७. काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

८. काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।

९. काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।

१० काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

११. काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।

१२. काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top