गोली हानेर हत्या,५० हजार लुटपाट

समाज कार्तिक १९ २०७५ ekhabarnepal
Images cms image 000060620


बर्दिया कार्तिक १९
 
बर्दियाको बढैयातालमा अाइतबार राति अज्ञात समूहले गोली हानेर एक व्यक्तिको हत्या गरेको छ।

 
बढैयाताल गाउँपालिका-३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटि लगेका प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ।

खटिकको शव हाल अस्पतालमै छ। हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top