मन्त्री केशव स्थापित बर्खास्त

राजनीति कार्तिक १६ २०७५ ekhabarnepal
Keshav sthapit


काठमाडौं,कार्तिक १६
 प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन्।

प्रभावकारी रुपमा नगरेको र आफूलाई अभद्र व्यवहार प्रदर्शन गरेको उनलाई मन्त्री पदबाट मुख्यमन्त्री पौडेलले हटाएका हुन।

पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित व्यवहार र उनी नेतृत्वको मन्त्रालयको असक्षम कार्यकुशलतालाई मुख्य आधार मान्दै पदबाट हटाएका हुन।

यसअघि बुधबारको मन्त्रीपरिषद् बैठकमा मुख्य मन्त्री पौडेलले सबैभन्दा धेरै बजेट छुट्याए पनि प्रभावकारीरुपमा काम किन हुन सकेन भन्ने प्रश्न गर्दा भौतिक पूर्वधार तथा विकास मन्त्री स्थापित मुख्यमन्त्री पौडेलसँग एकाएक आक्रोशित बनेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top