'बुटवलबाट १३८ टिपर नियन्त्रणमा'

समाज कार्तिक १५ २०७५ ekhabarnepal
00000

बुटवल ।   
प्रहरीले बुटवलबाट  १ सय ३८ टिपर नियन्त्रणमा लिएको छ ।
ढुंगा गिटी, क्लिंकर  ओसार–पसारमा प्रयोग हुँदै आइरहेका टिपर चालक अनुमतिपत्रविनै सञ्चालन गरेको र एउटाको चलानी बनाएर अर्कै वस्तुको ढुवानी गरेको भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चेकजाचका क्रममा रोयल्टी नकाट्ने, खानी उत्खनन् प्रमाणपत्रविनै ढुवानी गर्ने, निर्धारित मापदण्डभन्दा झण्डै ५० प्रतिशत बढी ओभरलोड बोक्ने टिपर नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीले बताउनु भयो । उहाले 
नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला समन्वय समिति, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयमा पठाइने वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख केसीले जानकारी दिनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top