प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्ण सुधार : डिस्चार्जको तयारी

समाज कार्तिक १५ २०७५ ekhabarnepal
00

 

काठमाडौं कात्तिक १५,
 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको शिक्षण अस्पतालले दाबी गरेको छ ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ ।मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताउनुभएको छ ।

स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत, छाती तथा सुगरको रिपोर्ट सामान्य रहेको जानकारी दिनुभयो । उपचार टोलीसंगको परामर्शमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको बताउदै श्रेष्ठले डिस्चार्जको टुंगो भने लाग्न बाँकी रहेको बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top