नेकपाको शनिवार हुने कार्यक्रमको तयारी तिब्र: ओली र प्रचण्डको उपस्थिति निश्चित

समाज कार्तिक १५ २०७५ ekhabarnepal
2222

बुटवल ।
नेकपाको आयोजनामा शनिवार बुटवलमा हुने सन्देश सभा तथा शुभकामना कार्यक्रमको तयारी तिब्र पारिएको छ ।नेकपाले रुपन्देहकिा १६ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सबै स्थानीय तहले कम्तीमा ५ हजारदेखि २० हजारसम्म  कार्यकर्ता उतार्ने तयारी गरेका छन ।
पार्टी अध्यक्ष द्धय  प्रधानमन्त्रि केपी शर्मा ओली र  पुर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल तथामहासचिव एवं रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बिजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वतका अवसरमा आयोजना हुने सभा तथा शुभकामना कार्यक्रम  लाई कार्तिक १७ गते बुटवलमण्डपमा सम्बोधन गर्नु हुने छ ।
सभा तथा शुभकामनाका सम्वन्धमा जानकारी दिन नेकपा रुपन्देहीले   हिजो बिहान बुटवलमा पत्रकार सम्मेलन गरेको छ ।पत्रकार सम्मेलनमा पार्टी कार्यदलका सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रुपन्देही जिल्लाका स्थानीय तहबाट ६० हजार र आसपासका जिल्लाहरुबाट करिव ४० हजार गरी करिव १ लाखको सहभागिता रहने बताउनु भयो ।
उहाले कार्यक्रममा अध्यक्ष द्धय र महासचिवले मुलकको समसामयिक राजनिति र पार्टी नेतृत्वले गरीरहेका काम र मुलुकलाई अघि बढाउने सम्वन्धमा अघि सारीएका योजनाका सम्वन्धमा जानकारी दिने बताउनु भयो ।
नेकपाका नेता तथा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रि लिला गिरीले सभालाई ऐतिहासिक बनाउन सबैलाई सहयोगका लागि आग्रह गर्नु भयो । नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सभाका सदस्य दधिराम शर्माले पार्टी अध्यक्ष द्धय नै कार्यक्रममा सहभागि हुने भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्नुभयो । कार्य दलका सदस्य तथा बुटवल उपमहानगर प्रमुख सुवेदीको अध्यक्षता र कार्यदल सदस्य निर्मल जिसीको सञ्चालनमा  भएको पत्रकार सम्मेलनमा नेकपा रुपन्दैहीका नेता तथा प्रदेश सभा सदस्य बिमला पन्थी, जिल्ला समन्वय समितिका प्रमुख एकराज बिक, कार्यदल सदस्य अनुप बराल लगायतको उपस्थिति रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top