प्रधानमन्त्री ओली पर्सीसम्म अस्पतालमै रहने

राजनीति कार्तिक १५ २०७५ ekhabarnepal
22

काठमाडौं  कात्तिक  १५,

प्रधानमन्त्री केपी शर्मा ओली पर्सीसम्म अस्पतालमै रहनु हुने भएको छ ।छातीमा संक्रमण र शरिरमा चिनीको मात्रामा घटवड भएपछि सोमवार बिहान शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेपनि अझै २ दिन अस्पतालमा नै राख्ने चिकित्सकहरुले बताएका छन ।
प्रधानमन्त्रिको स्वास्थ्यमा निकै सुधार आएको भएपनि अझै २ दिन अस्पतालमै राख्ने चिकित्सकहरुको सामान्य छलफल भएको उपचारमा संलग्न चिकित्सक डा। सन्त कुमार दासले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले राष्टपति बिद्यादेबि भण्डारी बिदेश भ्रमणबाट स्वदेश फर्कदा आज बिमानस्थलमा गएर स्वागत गर्न चाहे पनि चिकित्सकहरुले रोकेका छन ।
प्रधानमन्त्रिले अझै आराम गर्नुपर्ने देखिएकाले आफुहरुले अझै २ दिन अस्पतालमा राख्नु पर्छ भनेको डा। दासले  बताउनु भयो । औपचारिक निणर्य आज बिहान ९ बजे चिकित्सकको टीमले गर्ने पनि उहाले जानकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top