राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

राजनीति कार्तिक १५ २०७५ ekhabarnepal
00

चारदिने कतार भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । सोमबार बिहान कतारको चारदिने औपचारिक भ्रमणमा जानु भएकी राष्ट्रपति भन्डारी भ्रमण सकि नेपाल फर्कन लाग्नुभएको हो ।

राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक भेटघाट गर्नुका साथै कतारका समकक्षी अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति भण्डारी कतारमा रहदा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो । कतारमा रहँदा भण्डारीले नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top