११ जुवाडे पक्राउ, ६ लाख नगद बरामद

समाज कार्तिक १४ २०७५ ekhabarnepal
11

बुटवल ।
इलाका प्रहरी कार्यालय बुटवलले टाफिक चोक, सुख्खानगर र कालिकानगरबाट  ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले बुटवलको कालिकानगर स्थित एक घरबाट ४ जना, सुख्खानगर स्थित एक घरबाट ३ जना र टाफिकचोक स्थित एक घरबाट ४ जना पक्राउ गरेको हो । जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलार्इ इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
पक्राउ परेकाबाट करिव ६ लाख रुपैया बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुटवलका जनप्रतिनिधि समेत रहेको चर्चा भएपनि को को पक्राउ परेका हुन  प्रहरीले खुलाएको छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top