प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा थप सुधार

राजनीति कार्तिक १४ २०७५ ekhabarnepal
000

काठमाडौं । रुघाखोकी र छातीमा समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा थप सुधार भएको अस्पतालले जनाएको छ ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले आज प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बारेमा जारी गरेको प्रेस नोटमा स्वास्थ्य अवस्था सन्तोषजनक रहेको उल्लेख छ ।आज बिहान गरिएका परीक्षणका रिपोर्टह सन्तोषजनक रहेको स्वास्थ्य स्थितिमा थप सुधार देखिएको विज्ञप्तिमा जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top