डकैती र चोरीमा संलग्न ‘मोष्ट वान्टेड’ कट्टु डाँका पक्राउ  

समाज कार्तिक १३ २०७५ ekhabarnepal
90

काठमाडौं । काठमाडौं प्रहरीले ‘मोष्ट वान्टेड’ डाँका कट्टु भनिने मनिष मानन्धरलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको सोल्टीमोडबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार मनिष ०६५ सालमा कालिमाटी क्षेत्रमा भएको डकौतीको घटनामा संलग्न थिए । 

त्यतिबेला उनले धारिलो हतियार देखाएर सुन लुटपाट गरेका थिए । त्यसयता उनी फरार रहेका थिए । लामाका अनुसार मनिष यसअघि ९ पटक गरी ७ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । यसअघि उनको साथबाट दुई वटा चाइनिज पेस्तोल, एउटा रिभल्वरलगायत बरामद भएको लामाले बताए । पक्राउ परेका मनिषलाई मंगलबार (आज) नै काठमाडौं जिल्ला अदालतमा पेश गरिन लागेको एसएसपी लामाले बताए ।   

प्राप्त प्रतिकृयाहरू

To Top