'सञ्चारमन्त्री बास्कोटा युएईतर्फ'

राजनीति कार्तिक १३ २०७५ ekhabarnepal
0

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन मंगलबार युनाइटेड अरब इमिरेट्सतर्फ प्रस्थान गरेका छन् ।  हिजोदेखि सुरु भएको सो सम्मेलन कात्तिक ३० गते सम्म चल्ने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार जनाए अनुसार मन्त्री बास्कोटाले भ्रमणका क्रममा आइटियुका सदस्य राष्ट्रहरुका मन्त्रीहरुसँग समेत दुईपक्षीय कुराकानी गर्नेछन् । 

प्राप्त प्रतिकृयाहरू

To Top