राष्ट्रपति 'भण्डारी रात्रिभोजमा सरिक'

राजनीति कार्तिक १३ २०७५ ekhabarnepal
000000000000

कतार कार्तिक १२, 
 राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको हो ।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ । 

यस अघि राष्ट्रपति भण्डारीले आजै दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गर्नु भएको थियो । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ । रासस। 

प्राप्त प्रतिकृयाहरू

To Top