गोरुसिंगे जङ्गलमा बस दुघर्टना:११ जना घाइते

समाज कार्तिक १२ २०७५ ekhabarnepal
11

कपिलवस्तु कार्तिक १२,

कपिलवस्तुको गोरुसिंगे जङ्गलमा आज दिउसो टिप्परर र बस एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको छ ।
दाङबाट  बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७८ नम्वरको टिप्पर दिउसो साढे २ बजे एक आपसमा ठोक्किएका थिए ।   दुर्घटनापछि केहिबेर सडक अबरुद्ध भएपनि अहिले दुई तर्फी नै खुलेको प्रहरीले जनाएको छ  ।
घाईतेहरुको गोरुसिंगै स्थित मेडिकल र ४ नम्वर जीतपुर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइते २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको छ । घाइते सबै बसका यात्रु रहेका छन । टिप्परले ठक्कर दिएपछि बसको अगाडीको भागमा पुरै क्षति भएको छ ।

   

प्राप्त प्रतिकृयाहरू

To Top