महासमितिका लागि गठन गर्न बैठक बस्दै 

राजनीति कार्तिक १२ २०७५ ekhabarnepal
00

काठमाडौं । नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि गठन गरेको स्थानीय व्यवस्थापन समितिको बैठक बस्दैछ । आज (सोमबार) दिउँसो २ बजे बस्ने बैठकले महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने छ । कांग्रेसले महासमितिको व्यवस्थापन लगायतको तयारीका लागि काठमाडौं कांग्रेसका सभापति कृष्ण सबजु बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ ।  

  
यसअघि गत शनिबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमितिको बैठक काठमाडौंको भृकटीमण्डपमा गर्ने निर्णय गरेको थियो । गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँ महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । 
सभापति देउवाले स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र कात्र्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले आवश्यक निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top