आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन

राजनीति कार्तिक ११ २०७५ ekhabarnepal
Mmm

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच एमओयुमा हस्ताक्षर गर्न सरकारले श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी प्रदान गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । 
बैठकले गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यस्तै बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गरिने निर्णय गरेको छ ।
अब सबै सरकारी निकायमा यही निर्देशिकाअनुसार विद्युतीय पत्राचार हुने सञ्चारमन्त्री बाँस्कोटाले बताए ।  स्वास्थ्य सचिव पदपुर्तिबारे बैठकले केही निर्णय नगरेको पनि उनले बताए ।  

प्राप्त प्रतिकृयाहरू

To Top