प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार 

राजनीति कार्तिक ११ २०७५ ekhabarnepal
99999999999

काठमाडौं कात्तिक ११, 
 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका निजि चिकित्सशक डा. दिलिप शर्माका अनुसार मौसमी ज्वरो आएको र शुक्रवार साँझबाट एन्टिबायोटिक चलाइएपछि प्रधानमन्त्रीओलीको स्वास्थ्यमा सुधार आएको हो ।

‘प्रधानमन्त्रीज्यूलाई दुई तीन दिनदेखि मौसमी रुघाखोकी र हल्का ज्वरो आएकोले बैठक, भेटघाट नगर्न र भीडभाडमा नगई अराम गर्न सुझाव दिइएको हो, सोही कारण निकै भिडभाड हुने भएकाले चियापानमा नजान सुझाव दिएको थियौं,’डा. शर्माले भन्नुभयो ।

डाक्टर शर्माले प्रधानमन्त्रीमा बाहिर चर्चा भएजस्तो छातीमा संक्रमण नरहेको र स्वास्थ्यमा सुधार भइरहेको बताउनु भयो । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, आराम चाँहिँ गर्नुपर्छ,’ शर्माले भन्नुभयो ।

रुघाखोकी र ज्वरो आएपछि चिकित्सकले चियापानमा नजान र केही दिन आराम गर्न सुझाएपछि प्रधानमन्त्री ओली शनिवार आफै आयोजक रहेको नेकपाको चियापानमा नजानु भएको हो । 

प्राप्त प्रतिकृयाहरू

To Top