ढुंगा,बालुवा र गिट्टीको उत्खननको नियमन गर्न समिति

समाज कार्तिक ९ २०७५ ekhabarnepal
Download


रासस
काठमाडौँ,कार्तिक ९
 सरकारले ढुंगा,बालुवा र गिट्टीको उत्खनन र विक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुंगा,बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए । उनले ढुंगा,बालुवा र गिट्टीको जथाभावी उत्खनन र विक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताए ।

समितिको सदस्यमा समन्वय उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख,इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

समितिले ढुंगा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताए ।उनका अनुसार समितिले ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे/नगरेको,स्वीकृत,विधि प्रक्रिया परिमाण बमोजिम उत्खनन र संकलन भए/नभएको राजश्व चुहावट र चोरी निकासी भए/नभएको, ढुंगा, बालुवा र गिट्टीको मूल्य निर्धारण,क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे/नगरेको जस्ता कार्य स्थानीय तह,उत्खनन संकलनकर्तालाई गराउनेछ ।

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले जानकारी गराए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top