'प्रचण्डको भारत भ्रमण हतारमा'बिहान जाने बेलुका फर्किने 

राजनीति कार्तिक ९ २०७५ ekhabarnepal
Mn

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः भारत भ्रमणमा जान लागेका छन् । यसअघि भदौ अन्तिम साता चार दिने राजकीय भ्रमण गरेका अध्यक्ष प्रचण्ड फेरि शुक्रबार भारत प्रस्थान गर्न लागेका हुन् ।  दाहाल शुक्रबार बिहान भारत पुगेर बेलुका काठमाडौं फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

‘इण्डिया फाउन्डेसन’ ले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् । शुक्रबारदेखि शुरू हुने कार्यक्रम तीन दिनसम्म चल्नेछ । यो कार्यक्रममा भारतका वित्तमन्त्री अरुण जेट्ली, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहने इण्डिया फाउन्डेसनले बताएको छ । इन्डिया फाउन्डेशनको यस्तै कार्यक्रममा दुईवर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । सोही कार्यक्रममा तिब्बतका निर्वासित सरकार प्रमुख लोप्साङ साङ्गे पनि सहभागी भएपछि चीनले आपत्ति जनाएको थियो ।

तत्कालीन ठूलो दलका सभापतिले साङ्गेसँग भेटेको विषयमा चीनले ‘एक चीन नीति’ विरुद्धको भेटघाटका रूपमासमेत अथ्र्याएको थियो । कांग्रेस नेता एवम् तत्कालीन परराष्ट्रमन्त्री प्रकाश शरण महतले नेपाली नेताहरू एक चीन नीतिमा प्रतिबद्ध रहेको प्रष्टिकरण नै दिनुपरेको थियो ।अध्यक्ष प्रचण्डले यसअघि २१ भदौमा भारतको भ्रमण गरेका थिए । 

त्यतिबेला इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्न गएका प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत नेतासँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top