निर्मला पन्त हत्या प्रकरण :एसपी विष्ट र भट्ट बर्खास्त पछि निर्मलाका बुवाको यस्तो अपिल

समाज कार्तिक ९ २०७५ ekhabarnepal
Nnn

काठमाडौँ कात्तिक ९,
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या काण्डको अनुसन्धानमा तत्कालिन कन्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गरेको छ ।
यता भने निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई सेवाबाट हटाएर आफूहरुले न्याय नपाउने बताएका छन् ।

घटनामा संलग्न अपराधीलाई पत्ता लगाएर हदैसम्मको कारबाही गरेमात्रै आफ्नी छोरीको आत्माले शान्ति पाउने बाबु यज्ञराज पन्त बताउछन् । उनले भने ‘मैले सुरुदेखि नै हामीलाई न्याय चाहियो, छोरी निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्यो भन्दै आएको छु, तर सरकार हत्यारालाई सार्वजनिक गर्न सकिरहेको छैन, एक दुई जना प्रहरीलाई सेवा बाट हटाएर मेरी छोरीको आत्माले शान्ति पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो’।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको ठहर गर्दै सरकारले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।प्रहरीलाई जागिरबाट हटाउनु भन्दा पनि आफ्नी छोरीको हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो,’ निर्मलाका बुवा पन्तले भने । 

प्राप्त प्रतिकृयाहरू

To Top