एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

समाज कार्तिक ८ २०७५ ekhabarnepal
940x380 sasu10252018193217 001 768x1087


काठमाडौँ,कार्तिक ८
 कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीको सिफारिस भएका एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बिहीबार सेवाबाट हटाएको छ।

यसअघि बिष्ट र इन्सपेक्टर जगदीश भट्टले सरकारलाई बिहीबार दोस्रो स्पष्टीकरण बुझाएका थिए।

बुधबार एसपी बिष्ट र इन्सपेक्टर भट्टले स्पष्टीकरण बुझाएपछि फेरि गृह मन्त्रालयले उनीहरुलाई दोस्रो स्पष्टीकरण सोधेको थियो।

बिहीबार उनीहरुले प्रहरी प्रधान कार्यालयमार्फत गृहलाई दोस्रो स्पष्टीकरण बुझाएका हुन्।

साथीको घरमा जान्छु भन्दै निस्किएकी पन्तको एक दिनपछि अर्थात गत साउन ११ गते भीमदत्त नगरपालिकास्थित एक उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो।  एसपी विष्ट त्यतिबेला कन्चनपुरका प्रमुख र भट्ट घटना भएको क्षेत्रका इलाका इन्चार्ज थिए।

प्रहरीले करिब एक महिनाको अनुसन्धानपछि दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। तर स्थानीयले प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्काएपछि घटनाले अर्को मोड लिएको थियो। दुवैमाथि घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोप छ।

घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले प्रहरीको भूमिका सम्बन्धमा अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। मैनाली नेतृत्वको समितिले प्रहरीले घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको निष्कर्ष निकालेको थियो।

 

प्राप्त प्रतिकृयाहरू

To Top