कोहलीले तोडे सचिनको कीर्तिमान

खेल कार्तिक ७ २०७५ ekhabarnepal
Nmm

एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान भंग गरेका छन् । विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै उनले यो कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गरेका हुन् । यससँगै उनले १७ वर्षसम्म सचिनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि २००१ मार्च ३१ मा इन्दोरमा सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा सचिनले २ सय ५९औं इनिङ खेल्दै दश हजार रन पूरा गरेका थिए । त्यसयता अन्य ११ ब्याट्सम्यानले १० हजार रन बनाइसके पनि सबैभन्दा छिटो दश हजार रन बनाउने कीर्तिमान सचिनकै नाममा थियो । कोहलीले दश हजार रन बनाउने क्रममा ३७ शतक र ४८ अर्धशतक बनाइसकेका छन् । वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा कोहली शतक पूरा गरेर क्रिजमा छन् ।कोहलीबाहेक भारतका तीन कप्तान सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा दश हजार रन पूरा गरेका हुन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top