आज दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक बस्दै

राजनीति कार्तिक ७ २०७५ ekhabarnepal
Mm1

काठमाडौं कात्तिक ७, 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

दिउँसो बोलाइएको बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् ।यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि नेताहरु बीच मतैक्यता हुन सकेको छैन । आज बस्ने बैठकले पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँटमा देखिएको विवादलगायत विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ । १२ र १३ कात्तिकमा नेकपाले स्थायी समिति बैठक बोलाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top