मानव अधिकार उल्लंघनका घट्ना न्यून मात्र अदालतमा : प्रधानन्यायधीश 

स्वास्थ्य कार्तिक ५ २०७५ ekhabarnepal
Omprakash misra


‘कुनै शक्तिले न्याय क्षेत्र प्रभावित हुनै सक्दैन ’
भैरहवा कार्तिक ५
 प्रधानन्यायधीश ओम प्रकाश मिश्रले मानव अधिकार उल्लंघनका घट्ना न्यून मात्र अदालतमा आउने गरेको बताउनु भएको छ । 
रुपन्देहीको भैरहवामा आयोजित मानव अधिकार सम्बन्धी कार्यक्रममा प्रधानन्यायधीश मिश्रले नेपालमा एक सय वटा मानव अधिकार उल्लंघनका घटना घट्दा मुस्किलले १५ प्रतिशत मात्रै अदालत सामु आउने गरेको बताउनुभयो । 
आफूमाथि अन्याय भएको सहेर बस्ने तीनै ८५ प्रतिशत जनता आफूमाथि अन्याय भएको र अवसर नपाएको गुनासो गर्ने गरेको उहाँले बताउनुभयो । 
आफ्नो मानव अधिकार हनन् भएर पनि चुपचाप सहेर बस्ने ८५ प्रतिशत जनतालाई पनि अगाडी आउने बातावरण बनाउन उहाँले मानव अधिकारवादी संघ संस्थालाई आग्रह गर्नुभयो । 
उहाँले सडक निर्माणको क्रममा निर्माण व्यवसायीले धुलो उडाएर स्वास्थ्यसंग खेलवाड गरेको पाइएमा क्षतिपूर्ति समेत भराउन आदेश हुने सक्ने बताउनुभयो ।
उहाँले जिल्ला र उच्च अदालतलहरुले समयसीमा भित्र मुद्दाहरु फ्छर्यौट गर्ने गरे पनि न्यायधिशहरुको अभावमा सर्वोच्च अदालतमा मात्र मुद्दाहरु चाप यथावत रहेको बताउनुभयो । गृहजिल्ला रुपन्देहीको मर्चवार क्षेत्रको रहेका प्रधानन्यायधिश मिश्रले आफ्नो क्षेत्रको विकासमा आफु पनि लाग्ने र त्यो भन्दा बढी जनप्रतिनिधिहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायधीश मिश्रले ऐन, कानून र नियमकै आधारमा न्याय दिइने भएकाले जित/हार भन्ने कुरा कानून बमोजिम नै हुने र अन्य कुरा मित्थ्यामात्र भएको दाबी गर्नुभयो । जस्तोसुकै विषम परिस्थिति आइपरे पनि न्यायपालिका आफ्नो दायित्वबाट कहिले पनि बिचलन नहुने उहाँले बताउनुभयो । 
मानवअधिकार तथा शान्ति समाज, रुपन्देही, उच्च अदालत बार एशोशिएसन, बुटवल, जिल्ला अदालत बार एशोशिएशन रुपन्देही, पारदर्शी सरोकार समुह (टी.आई, नेपाल आबद्ध), नेपाल पत्रकार महासंघ रुपन्देही, महिला तथा बालअधिकार सञ्जाल, रुपन्देही, गैरसरकारी महासंघ रुपन्देही र एडभोकेसी फोरम रुपन्देहीद्धारा आयोजित कार्यक्रममा उनले सत्ता र सरकार बदलिए पनि न्यायपालिकाले आफ्नो काम गरिरहने बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस  रुपन्देहीका सभापति अब्दुल रज्जाक, उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायधिस कुमार पोखरेल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डा.गंगाधर अधिकारी, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, राप्रपा(प्रजातान्त्रिक)का केन्द्रीय सदस्य ताहिर अली, नेपाल कम्युनिष्ट पार्टीका नेता हितराज पन्थी, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डे, महिला तथा बालअधिकार सञ्जाल रुपन्देहीका संयोजक ज्ञानु पौड्याल लगायतले बोल्दै रुपन्देहीले सर्वोच्च अदालतको प्रधानन्याधिस जस्तो गरिमामय पद पाउनु गौरवको कुरा भएको बताए ।                                              

प्राप्त प्रतिकृयाहरू

To Top