भारतमा एकै परिवारका चार नेपालीको मृत्यु

समाज कार्तिक ५ २०७५ ekhabarnepal

 

काठमाठौँ,कार्तिक ५
भारतको गोरखपुरमा कारलाई गाडीले ठक्कर दिँदा एकै परिवारका चार जना नेपाली नागरिकको मृत्यु भएको छ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गोरखपुरदेखि वारणासीतर्फ गइरहेको कारलाई राजादेपुरमा गाडीले ठक्कर दिँदा सिन्धुलीका ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुवा गोरख श्रेष्ठ र भाई उपेन्द्रको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यम ‘दैनिक ट्रिव्यून’का अनुसार घाइते तीन जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top