आज प्रधानमन्त्री ओली र प्रचण्डबीच के भयो कुराकानी ?

राजनीति कार्तिक ५ २०७५ ekhabarnepal
Nn2

काठमाडौं असोज ५,  
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्त्री तथा अध्यक्ष  केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  गोप्य कुराकानी  भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी भएको हो ।

सचिवालय बैठक चलिरहेका बेला दुई अध्यक्षबीच पार्टीभित्र भएको आन्तरिक विषय मिलाउन छलफल भएको स्रोतले जनाएको छ ।प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा पनि ओली र दाहालबीच कुराकानी भएको छ ।आगामी कार्तिक १२ र १३ गते बस्ने स्थायी समितिको बैठकका एजेण्डाबारे पनि ओली र दाहालबीच कुराकानी भएको स्रोतले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top