ने क पा बैठकमा कुरा उठ्यो-'भारतीय डिजाइनमा पार्टीको बदनाम'

राजनीति कार्तिक ५ २०७५ ekhabarnepal
Nn0


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सचिवालय सदस्य झलनाथ खनालले आज बस्ने पार्टीको सचिवालय बैठकले यही कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने बताएका छन् ।  उनले भने, “हिजोको बैठकबाट बामदेव गौतम काठमाडौं—७ बाट चुनाव लड्ने सम्बन्धी प्रसंग टुंगिएको छ ।’’ उक्त क्षेत्रका सांसद रामवीर मानन्धरले राजीनामा दिएर गौतम चुनाव लड्ने कुरा यस अघि सार्वजनिक भएपछि त्यसको सर्बत्र विरोध भएकोमा गौतम पछि हटेका थिए । 

‘‘त्यसप्रकरणमा पार्टीलाई बदनाम गर्ने काम भारतीय डिजाइनमा भएको बैठकमा कुरा उठ्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबैले त्यसरी डिजाइन गराउने काम भारतीय डिजाइनमा भएको बताउनुभयो,’’ खनालको दाबी थियो । यद्यपी बामदेव प्रकरणमा सचिवालयका अर्का सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले सुरुमै सामाजिक सञ्जालबाट असन्तुष्टि जनाएका थिए । 

उनका अनुसार अर्का नेता माधवकुमार नेपालले दलभित्र आन्तरिक भागबण्डाका विषयमा जनाएको असन्तुष्टिका बारेमा दर्ता गराएको पत्रका बारेमा भने हिजो कुनै छलफल भएन । खनालले भने,‘‘पार्टी एकताका बारेमा धेरै कुरा टुंगो लगाउनुछ । आजको बैठकमा ती सबै कुरामा छलफल हुनेछ ।’’ आज दिउसो १ बजे नेकपाको सचिवालय बैठक बस्दैछ । 

प्राप्त प्रतिकृयाहरू

To Top